१२ श्रावण २०८१, शनिबार

तरकारी बोेकेको जीप दुर्घटना हुँदा दुईको मुत्यु

फाेर्स दैनिक

तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा परी दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्तबहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर तुल्सीपुर २ बस्ने वर्ष ३५ का नारायण योगीलाई उपचारका लागि दाङ पठाइएको छ ।

बिहान सवा ६ बजेतिर राप्ती राजमार्गको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिकै जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोल्पाबाट दाङतर्फ तरकारी बोकेर जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब ३५० मिटर तल खसेको थियो ।

८ आश्विन २०८०, सोमबार १७:०१ मा प्रकाशित
Nabintech