१२ श्रावण २०८१, शनिबार

एसियाड साइक्लिङमा नेपालको चुनौती समाप्त

फाेर्स दैनिक

एसियाली खेलकुद (एसियाड)को साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट सहभागी सुरज रानामगर र उषा खनालले सोमबार निर्धारित दूरी समेत तय गर्न सक्नुभएन ।दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्नुभएको थियो । यससँगै साइक्लिङ टोली मंगलबार नेपाल फर्कनेछ । पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोश्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

पाँच ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका दुई तथा दक्षिण कोरिया र युएइका १–१ खेलाडीले पनि दूरा पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी दिनुभयो । झेसौ स्पोर्ट्स सेन्टरमा भएको चार ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सक्नुभएन । यस स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत जित्न सफल भए । कांस्य पदक इरानी खेलाडीले हात पारे ।

८ आश्विन २०८०, सोमबार १७:२४ मा प्रकाशित
Nabintech