१२ श्रावण २०८१, शनिबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने

फाेर्स दैनिक

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष तीन हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले दाङ, धादिङ र हेटौँडाबाट खरिद गर्ने प्रक्रिया थालेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आधिकारिक निर्णय भने भएको छैन । काठमाडौं उपत्यकामा दुई हजार खसीबोका र एक हजार च्यांग्रा वाग्मती प्रादेशिक कार्यालय, थापाथलीबाट बिक्री गरिने चन्दको भनाइ छ । तर, कहिले खरिद गर्ने र कहिलेदेखि काठमाडौं ल्याइने भन्ने विषयमा निर्णय भने नभएको उनले बताए । ।

“यो वर्ष हामीले एक हजार च्यांग्रा र दुई हजार खसीबोका बिक्री गर्ने तयारी गरिरहेको छौँ । दाङ, हेटौँडा र धादिङबाट खदिर गर्ने तयारी गरेका छौँ । तर, कहिलेदेखि खरिद गर्ने भन्ने विषयमा निर्णय भएको छैन,” उनले भने, “मूल्य के कति गर्न भन्ने विषयमा पनि हामीले छलफल गरिरहेका छौँ । तर, बजारको मूल्यभन्दा केही सस्तोमा हामी खसीबोका र च्यांग्रा उपलब्ध गराउँछौँ ।”

 

९ आश्विन २०८०, मंगलवार २१:०९ मा प्रकाशित
Nabintech