१२ श्रावण २०८१, शनिबार

एमालेको बागमती प्रदेश अधिवेशनको निर्वाचन केन्द्रीय कार्यालय च्यासलमा हुने

फाेर्स दैनिक

काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन भएको नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको कार्यक्रम भोलिदेखि केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । अधिवेशनको दोस्रो दिन मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलेको थियो ।

मंगलबार राजनीतिक, संगठनात्मक र लेखा प्रतिवेदनमाथि छलफल भयो । यी प्रतिवेदनहरु पारित भएपछि बुधबारदेखि केन्द्रीय कार्यालय च्यासलमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।

निर्वाचनको कार्यतालिका पनि आजै तय भएको छ । तालिका अनुसार बुधबार बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन, साढे ९ देखि ११ बजेसम्म मनोनयन दर्ता, दिउँसो ४ बजे उम्मेदवारी फिर्ता र ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

साँझ ६ बजेदेखि मतदाताहरुको नामावली विद्युतीय मेसिनमा राखेर बिहीबार बिहान ११ बजेदेखि मतदान गर्ने तालिका तय भएको छ । अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन् ।

निर्वाचन प्रक्रिया सँगसँगै सहमतिको प्रयत्न गर्ने नेताहरुले तयारी गरेका छन् । बागमती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेल लगायतले दाबी गरेका छन् ।

 

 

 

९ आश्विन २०८०, मंगलवार २१:५० मा प्रकाशित
Nabintech