१२ श्रावण २०८१, शनिबार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोदावरी नगर समितिले गर्‍यो हाजिर जवाफ

३१ टिमको प्रतिस्पर्धा

फाेर्स दैनिक

ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संङ्गठन गोदावरी नगर समिति ललितपुरको आयोजनामा हाजिर जवाफ तथा चित्रकला आज सम्पन्न भएको छ । गोदावरी नगर भित्रका २४ ओटा विद्यालयहरु बाट ३१ टिमको प्रतिस्पर्धा रहेको थियो । हाजिर जवाफमा सेन्ट पल स्कुल प्रथम , द्धितिय किटनी स्कुल , तृतीय कञ्चन स्कुल भएको छ । नेपाल राष्ट्रिय शिक्षक संङ्गठनले हरेक वर्ष अक्टोवर ६ तारिकमा पर्ने विश्व शिक्षा दिवसको अवसरमा जिल्लाव्यापी हाजिर जवाफ गर्दै आएको छ ।त्यस्तै चित्रकला प्रतियोगितामा प्रथम र तृतीय स्थान ब्यु बडर स्कुलले र दोस्रो स्थान बज्रबाराही मावि भएकाे छ ।

नेपाल राष्ट्रिय शिक्षक संङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कुमार घिमिरेले नेपाल राष्ट्रिय शिक्षक संङ्गठन २०३६ सालमा स्थापना भएर शिक्षकहरुको हकहितमा काम गरेको बताए । उनले भने सरकारलाई नीति निर्माण बनाउन पनि सहयोग गरेको छ । उनले नेपालको ७७ ओटा जिल्ला र ७५३ स्थानीय तहमा समिति रहेको जानकारी दिए ।

शिक्षक हित साकोसका अध्यक्ष शुक्र थापाले वर्तमान समयमा धेरै सहकारीमा समस्या आएको बताउदै उनले भने शिक्षक हित साकोस शिक्षकहरुले सञ्चालन गरेकाले न्युन ब्याजमा ऋृण लगानी गरिरहेको बताए ।
आज ललितपुरको ५ ओटा स्थानीय तहमा हाजिर जवाफ सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संङ्गठन ललिपुरका जिल्ला सचिव नवराज संजेलले जानकारी दिए ।

। नेपाल राष्ट्रिय शिक्षक संङ्गठन गोदावरी नगर समितिका अध्यक्ष अमृत राईले हाजिर जवाफमा सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई धन्यवाद दिए ।नेपाल राष्ट्रिय शिक्षक संङ्गठन गोदावरी नगर समितिका सचिव रामचन्द्र सुवेदीले असोज २० गते हुने हाजिर जवाफ प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय स्कुलले सहभागी हुन पाउने जानकारी दिए ।     

१२ आश्विन २०८०, शुक्रबार २१:४५ मा प्रकाशित
Nabintech