१२ श्रावण २०८१, शनिबार

माल्दिभ्सलाई २ सय १३ रनको चुनौति, रोहितको अर्धशतक

फाेर्स दैनिक

१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई नेपालले २ सय १३ रनको लक्ष्य दिएको छ।चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। पौडेलले २६ बलमा ५२ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे।

माल्दिभ्समाथि नेपाल सहज जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा छ। विश्व कीर्तिमानहरुले भरिएको उद्घाटन खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन जोड्दै २ सय ७३ रनको जित हात पारेको नेपाल यसै लयलाई कायम गर्ने योजनाका साथ मैदान उत्रिएको छ। माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो।

क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल खेलहरुको तालिका तय गर्न ‘ड्र’को आयोजना गरिनेछ।​

एसियाडमै आज नेपालले आर्चरी, स्क्वास र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।

१४ आश्विन २०८०, आईतवार ०९:०४ मा प्रकाशित
Nabintech