१२ श्रावण २०८१, शनिबार

नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक वाग्मती प्रदेशसभामा

फाेर्स दैनिक

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गरेका छन् । जसमा नेपाल र तामाङ भाषालाई सरकारी काकाजको भाषा बनाउन प्रस्ताव गरिएको छ ।

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताए ।

उनले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पारे ।मन्त्री लामाले आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानुनबमोजिम सजाय भोग्नुपर्ने स्पष्ट पारे । रासस

 

१४ आश्विन २०८०, आईतवार २०:०१ मा प्रकाशित
Nabintech