१२ श्रावण २०८१, शनिबार

सञ्चारकर्मी, गायक, सर्जक रायमाझी लोक पत्रकारिताबाट सम्मानित्

फाेर्स दैनिक

ललितपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न “आठौ राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” मा लोकप्रिय सञ्चारकर्मी, गायक, सर्जक तथा वल्र्ड वाईड टिभि नेपाल डटकमका सम्पादक राज कुमार रायमाझी “ लोक पत्रकारिता सम्मान” द्धारा रु ११,१११र( नगद पुरस्कार सहित सम्मानित भएका छन् ।   
बि। सं। २०६२ मा रेडियो एचबिसि एफ एम बाट सञ्चार क्षेत्रमा प्रबेश गरेका राजकुमार रायमाझीले नेपाल टेलिभिजन, नेपाल टेलिभिजन प्लस, टि। भि। टुडे, रेडियो उपत्यका, रेडियो मलमलामा लामो समय लोक संगीत सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् भने संगीतयात्रा राष्ट्रिय मासिक र जनदृष्टिकोण राष्ट्रिय मासिकमा निरन्तर कलम चलाएका छन् । हाल उनी रेडियो एन।आर।एन।मा दैनिक कार्यक्रम लोक श्रृजना पनि सञ्चालन गर्दै आएका छन् ।

रायमाझी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल केन्द्रीय समितिका सह—सचिव एवं सञ्चार विभाग संयोजक समेत हुन् । करिब १९ बर्षको सञ्चार यात्राको एउटा ठुलो सफलता मिलेको महसुस गदैै रायमाझीले आफुलाई हरेक यात्रामा साथ सपोर्ट गर्ने प्रति र सम्मान गर्ने आयोजक प्रती आभार प्रकट गरेका छन् ।उनले यो सम्मानले अझै थप जिम्मेवारी संगै चुनौती पनि थपिएको बताउदै आफ्नो सञ्चार कर्मलाई अगाडी बढाउने सोच रहेको उनको रहेको छ ।

१६ आश्विन २०८०, मंगलवार २१:२५ मा प्रकाशित
Nabintech