१२ श्रावण २०८१, शनिबार

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसी नियुक्त

फाेर्स दैनिक

सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजु केसीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले केसीलाई अर्को व्यवस्था नभएसम्म कोषको सन्चालक परिषद सदस्य सचिवमा नियुक्त गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रस्तावमा केसीले अर्को व्यवस्था नभएसम्म सदस्य सचिवको जिम्मेवारी पाएका हुन् ।

अख्तियारले जलहरी प्रकरणमा सदस्य सचिव मिलन कुमार थापामाथि भ्रष्टाचार मुद्दा लगाएपछि उनी निलम्वित भएका छन् ।
थापा निलम्बित भएपछि कोष सन्चालक समिति सदस्यबाट केसीलाई जिम्मा दिइएको हो । कांग्रेसको कोटाबाट केसी सदस्य नियुक्त भएका थिए ।

 

१७ आश्विन २०८०, बुधबार ११:४९ मा प्रकाशित
Nabintech