१२ श्रावण २०८१, शनिबार

भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

फाेर्स दैनिक

गए राति परेको वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको भनाइ छ ।

यसैगरी पहिरोका कारण कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।दुवै सडकखण्डमा गएको पहिरो आज दिउँसो सम्ममा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

१७ आश्विन २०८०, बुधबार ११:५५ मा प्रकाशित
Nabintech