१२ श्रावण २०८१, शनिबार

गोदावरी नगरपालिकामा किसानहरु लक्षित ३ दिने तालिम सम्पन्न

फाेर्स दैनिक

गोदावरी नगरपालिका पशु शाखाले किसानहरुलाई ३ दिने तालिम दिएको छ । पशु व्यबसायमा लाग्ने किसानको साना कम्जोरीबाट हुन सक्ने नेक्सानीलाई बचाउन तालिमको आयोजना गरिएको शाखा प्रमुख ईश्वर प्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा गोदावरी नगरापालिका भित्रका महिला ७ र पुरुष २१ गरि २८ जना कृषकहरु सहभागी भएका थिए ।

कार्यक्रमा उप–प्रमुख मुना अधिकारीले किसानलाई स्थानीय स्तरमा यस्ता स्वरोजगार मुलक तालिमहरु सञ्चालन गर्नाले किसान सँग भएका ज्ञान र सीपलाई बृद्धि गर्न तालिमले महत्वपुर्ण सहयोग पु्ग्ने बताइन । पशुपालन व्यबसायलाई मर्यादिन व्यसायको रुपमा स्थापित गराउन, अव्यबस्थित रुपमा हुने पशुपालनलाई व्यबस्थित गर्न र कृषकको आय स्तरमा बृद्धि गर्न गोदावरी नगरपालिकाले समय समयमा यस्ता कार्यक्रम गरिरहेको उप–प्रमुख अधिकारीले जानकारी दिइन ।

 

२१ आश्विन २०८०, आईतवार ०७:४४ मा प्रकाशित
Nabintech