१२ श्रावण २०८१, शनिबार

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि सांसदहरूको सनाखत भोलि हुने

फाेर्स दैनिक

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तका लागि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत भाेलि गरिने भएकाे छ।कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसद र प्रदेश प्रमुख परशुराम खापुङबीच छलफलमा प्रदेश प्रमुखले सनाखतको समय मागेपछि आज हुने भनिएको नियुक्ति प्रक्रिया सबै रोकिएको छ।

प्रदेश प्रमुख खापुङले भोलि २ बजेसम्म सनाखतका लागि बोलाएका छन्। छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए। कार्कीद्वय र अन्य सांसदहरूले भने आजै सनाखत गर्नुपर्ने माग राखेका थिए। अर्कापक्षले पनि आजै गर्न माग गरेका थिए।

यसरी बनेको नयाँ सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ। यदि यो सरकारले विश्वासको मत नपाएमा कोशी प्रदेश स्वत: मध्यावधि निर्वाचनमा जानेछ।बिहीवार एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ८ जना गरी ४७ जना प्रदेशसभा सदस्यहरूले केदार कार्कीलाई मुख्‍यमन्त्री बनाउन प्रदेश प्रमुख कार्यालयमा दावी पेश गरेका थिए।

त्यसैगरी माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले सत्ता गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दावी गरेका थिए। सरकारमा दावी गर्नका लागि प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्म समय दिएका थिए।

२६ आश्विन २०८०, शुक्रबार १८:४० मा प्रकाशित
Nabintech