१२ श्रावण २०८१, शनिबार

भारत र श्रीलङ्काबीच ४० वर्षपछि डुङ्गा सेवा पुनः सञ्चालन

फाेर्स दैनिक

नयाँदिल्ली। भारत र श्रीलङ्काले ४० वर्षपछि डुङ्गा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् ।भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो ।भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको सङ्केतस्वरूप डुङ्गालाई हरियो झण्डा देखाएर डुङ्गामा आएका यात्रीलाई स्वागत गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलङ्काका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिनुभएको थियो । उहाँले भारतको रामेश्वरम र श्रीलङ्काको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे ।

सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुङ्गाको क्षमता १५० यात्रु रहेको छ ।नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल ९११० किलोमिटर० को दूरी समुद्रको अवस्थाअनुसार करिब ३।५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् ।पचास यात्रु लिएर श्रीलङ्काका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलङ्काबाट यात्रु लिएर भारत फर्कने छ ।सिन्ह्वा

 

२८ आश्विन २०८०, आईतवार ०७:३७ मा प्रकाशित
Nabintech