१२ श्रावण २०८१, शनिबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

फाेर्स दैनिक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था अनुसार कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन् । बैठकमा जाजरकोटमा शुक्रबार गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।

१९ कार्तिक २०८०, आईतवार ०७:३७ मा प्रकाशित
Nabintech