१२ श्रावण २०८१, शनिबार

फिफा विश्व कप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल-यूएई भिड्दै

फाेर्स दैनिक

फिफा विश्व कप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आाज नेपालले यूएईसँग खेल्दैछ। समूह एचअन्तर्गत दुबईको अल मकूम स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति साढे ९ बजे सुरु हुने छ।नेपाल आफूभन्दा १ सय ४ स्थानमा माथि रहेको यूएईलाई स्तब्ध पार्दै दोस्रो चरणको छनोटमा सुखद सुरुवात गर्ने योजनामा हुने छ। विश्व वरियताको १ सय ७३ औं स्थानमा रहेको नेपालले अन्तिम खेलमा लाओसलाई पराजित गर्दै छनोटको दोस्रो चरणमा स्थान बनाएको हो।

घरेलु लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा १-० को जितसहित समग्रमा नेपालले लाओसविरुद्ध २-१ को नतिजा निकालेको थियो। ​डिफेन्डर योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी डिफेन्डर अनन्त तामाङको अनुपस्थितिले नेपालको रक्षा पंक्तीका लागि केही चुनैती थपिने छ।

यूएई समूहको बलियो टोली भए पनि नेपालको तयारी राम्रो भएको र प्रशिक्षकको रूपमा आफूसँग बलिया टोलीविरुद्ध खेलेको अनुभव भएका कारण नेपाली युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसका विश्वास छ।

६९ औं वरियताको युएई सन् १९९० पछि पटक विश्वकपमा छनोट हुने योजनामा छ। अन्तिम चार खेलमा अपराजित युएईका प्रशिक्षक पाउलो बेन्टोले अनुभवी फरवार्ड अली माब-खाउट लाई टिममा सामेल गरेका छन्।

नेपाली टोलीलाई कमजोर आकलन गर्ने गल्ती नगर्ने रणनीति बेन्टोको छ। दुई टोलीले हालसम्म एक–अर्काविरुद्ध एक मात्र खेल खेलेका छन्।सन् १९८४ मा सम्पन्न मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा नेपाल ११-० ले पराजित भएको थियो । नेपालको दोस्रो खेल मंसिर ५ यमन विरुद्ध काठमाडौंमा हुने छ।

 

३० कार्तिक २०८०, बिहीबार ०७:२९ मा प्रकाशित
Nabintech