१२ श्रावण २०८१, शनिबार

हार्नेलाई हौसला

फाेर्स दैनिक

विश्वकप २०२३ मा भारतको पराजयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै टोलीलाई हौसला दिएका छन् । उनले ट्विट गर्दै विश्वकपमा टिम इन्डियाको प्रतिभा र दृढ सङ्कल्प उल्लेखनीय रहेको बताएका हुन् ।मोदीले लेखेका छन्, “तपाईंले ठूलो भावनाका साथ खेल्नुभयो र देशलाई गौरवान्वित गर्नुभयो। हामी आज पनि तपाईंको साथमा छौँ र भविष्यमा पनि तपाईंसँगै उभिनेछौँ।”

ट्राभिस हेड र म्यानर्स लाबुस्चेनको बलियो इनिङ्सको मद्दतले अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।अस्ट्रेलियाको इनिङ्सको सुरुवात भने राम्रो भएन । टोलीका तीन ब्याट्सम्यान ४७ रनमा मात्रै आउट भए पनि त्यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए ।यसअघि विराट कोहली र केएल राहुलको अर्धशतकको मद्दतले भारतले अस्ट्रेलियालाई २०२३ को विश्वकप जित्न २४१ रनको लक्ष्य दिएको थियो।

४ मंसिर २०८०, सोमबार ०७:०० मा प्रकाशित
Nabintech