१२ श्रावण २०८१, शनिबार

गौतम अदानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा

फाेर्स दैनिक

अदानी समूहका कम्पनीहरूको शेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन् ।मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ ।

केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ । यसले समूहको कुल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अदानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ । योसँगै अदानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीहरुको सूचीमा १९औँ स्थानमा आएका छन् ।शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।

१३ मंसिर २०८०, बुधबार २१:१४ मा प्रकाशित
Nabintech