१२ श्रावण २०८१, शनिबार

करिब ९ अंकले घट्यो नेप्से परिसूचक

फाेर्स दैनिक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) ८ दशमलव ७१ अंकले घटेर २ हजार ४९ दशमलव २८ मा सीमित भएको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव १२ अंकले ओरालो लागेर ३७९ दशमलव १६ मा सीमित भएको छ।

कारोबार भएका १३ उपसमूहमध्ये ४ उपसमूहको सेयर मूल्य उकालो लाग्दा ९ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ।कुल १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षमा छ। सो कम्पनीको ३३ करोड ४५ लाख १५ हजार ६४५ रुपैयाँ बराबरको सेयर कारोबार भयो।शिवम् सिमेन्ट १९ करोड ४८ लाख २६ हजार ६८८, माउण्टेन इनर्जी १८ करोड ६४ लाख ८५ हजार ४७३, एनआरएन इन्फास्ट्रचर १६ करोड २९ लाख ३८ हजार ४४४ रुपैयाँ र युनाइटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर १५ करोड ६९ लाख ३ हजार ९२६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो‚ नेपाल वेयरहाउस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

मुक्तिनाथ कृषि कम्पनी ९ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतले कमाएका छन्।सिद्धार्थ प्रिमियर इन्स्यारेन्स ६ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर ५ दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी ५ दशमलव ४५, जानकी फाइनान्स ५ दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन्। सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार ४५९ रुपैयाँ बराबर पुगेको छ।

१९ पुष २०८०, बिहीबार २१:४५ मा प्रकाशित
Nabintech