१२ श्रावण २०८१, शनिबार

वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको तालिका सार्वजनिक

फाेर्स दैनिक

आईसीसीले यही वर्ष जुन १ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । यस अनुसार भारत र पाकिस्तानका टोलीहरू जुन ९ मा न्युयोर्कमा लिग खेलका क्रममा आमनेसामने हुनेछन् ।

यस प्रतियोगितामा भारतको यात्रा जुन ५ मा न्युयोर्कबाट सुरु हुनेछ । भारतका सबै लिग खेलहरू अमेरिकामा खेलिनेछन्। जसमध्ये तीन खेल न्युयोर्क र एक खेल फ्लोरिडामा हुनेछ । लिग खेलहरूमा भारतले जुन १२ मा अमेरिकाको न्युयोर्कमा र जुन १५ मा क्यानडाको फ्लोरिडामा सामना गर्नेछ।

यस प्रतियोगितामा जुन १ देखि १८ सम्म चरणका खेलहरू र सुपर ८ चरणका खेलहरू जुन १९ देखि २४ सम्म खेलाइनेछन् । प्रतियोगिताको फाइनल जुन २९ मा बार्बाडोसमा हुनेछ ।पहिलो सेमिफाइनल जुन २६ मा गुयानामा र दोस्रो सेमिफाइनल जुन २७ मा ट्रिनिडाडमा हुनेछ । आईसीसीले जारी गरेको कार्यक्रम अनुसार यस प्रतियोगितामा सहभागी कूल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

चार समूहमा २० टोली

समूह ‘ए’ मा भारत र पाकिस्तानसहित अन्य तीन टोली रहेका छन् । यो समूहमा आयरल्यान्ड, आयोजक अमेरिका र क्यानडाका टोली पनि छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड र अस्ट्रेलियासँगै नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् ।समूह ‘सी’ मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्युगिनी रहेका छन् । समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल रहेका छन् ।सन् २०२२ को अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड च्याम्पियन बनेको थियो ।

२१ पुष २०८०, शनिबार ०७:४२ मा प्रकाशित
Nabintech