१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभामा को–को बने उम्मेदवार सूची हेर्नुहोस

फाेर्स दैनिक

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारी दर्ता हुँदैछ। सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा रहेको प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।माघ ११ गते १९ स्थानका लागि हुने निर्वाचनमा सत्ता गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेदवारी दिने तयारी गरेका छन्। मुख्यरूपमा सत्ता गठबन्धन र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा हुनेछ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिटमा उम्मेदवारी दिँदैछन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सोहीअनुरूप सिट बाँडफाँट गरेको थियो।

आफूले पाएको सिटमा नेपाली कांग्रेसले राति अबेरसम्म छलफल गरेर उम्मेदवारीको टुंगो लगायो। एकीकृत समाजवादीले सोमबार बिहान उम्मेदवारी टुंग्यायो भने नेकपा (माओवादी केन्द्र)ले आइतबार नै उम्मेदवारी छिनोफानो गरेर टिकट वितरण गर्‍यो।

२३ पुष २०८०, सोमबार ०९:५९ मा प्रकाशित
Nabintech