१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ५२ जनाको उम्मेदवारी

फाेर्स दैनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।राष्ट्रिय सभामा कुल २० सदस्य पद रिक्त भए पनि निर्वाचन हुने १९ पदका लागि उम्मेदवारी दर्ता भएको हो । एक सदस्यको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्णरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जानकारी निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो । मतदान माघ ११ गते बिहीबार हुँदै छ ।

कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ आयोगले जनाएको छ ।

२३ पुष २०८०, सोमबार २०:४७ मा प्रकाशित
Nabintech