१२ श्रावण २०८१, शनिबार

रास्वपाले तोक्यो केन्द्रीय सदस्य र सांसदको वार्षिक लेवी २५ हजार

फाेर्स दैनिक

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य र सांसदलाई लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ तोकेको छ।रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले केन्द्रीय सदस्य र सांसदका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ तोकिएको बताए।

मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टी सदस्यता शुल्क १ हजार रुपैयाँ तोकेको प्रमुख सचेतक परियारले जानकारी दिए। यसैगरी पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ।

उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्राडा अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए।‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ। पार्टीको लेवी शुल्कका सम्बन्धमा पनि केही निर्णय गरेका छौँ। लेवी पार्टी केन्द्रीय सदस्यको १ लाख रुपैयाँ थियो। प्रतिनिधिसभा सदस्यले २५ हजार तिर्नुहुन्थ्यो। एकरुपता ल्याउन केन्द्रीय सदस्यको २५ हजार वार्षिक गरेका छौँ‚’ परियारले भने, ‘पार्टीले ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदल बनाएको थियो, त्यसको म्याद थपेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगमा सदस्य मनोनयन गरेको छ।’

२४ पुष २०८०, मंगलवार २०:३६ मा प्रकाशित
Nabintech