१२ श्रावण २०८१, शनिबार

झरुवाराशीको पोखरीटार क्षेत्रमा बृहत सरसफाई

फाेर्स दैनिक

डिभिजन वन कार्यालय ललितपुर, गोदावरी नगरपालिका र दिगो विकास स्थानिय पहल संस्थाको समन्वय र सहकार्यमा गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशीको पोखरीटार क्षेत्रमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार १३ नं. वडा कार्यालय , वडा भित्रका सम्पुर्ण विद्यालय, स्वास्थ्य चौकी,राजनीतिक दलहरु, रेडक्रस , सहकारीहरु, स्काउट, वडा भित्रका सम्पुर्ण आमा समूह, महिला समूह, युवा क्लबहरु, बाल क्लब संजाल, वन उपभोक्ता समिति, वडाका विभिन्न सरसफाइ खानेपानी वन मन्दिर उपभोक्ता समितिहरु समाजसेवी, अभियान्ता लगाएतको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई प्रमुख अतिथि बनाइएको उक्त कार्यक्रमको मुख्य उदेश्य सरसफाईमा जनचासो बढाउँदै व्यक्तिको चेतना बृद्धि गराई व्यवहार परिवर्तन गराउनु रहेको आयोजकले जानकारी दिएको छ ।
संस्थाको उपाध्यक्ष समाजसेवी उपेन्द्र अर्यालले व्यक्तिहरूलाई जथाभावी फोहोर फ्याक्न हुदैन भन्ने ज्ञान भए पनि त्यसलाई व्यवहारमा नल्याउदा फोहोर व्यबस्थित हुन नसकेको बताए । उनले भने “सफा सहर निर्माण हामी सबैको जिम्मेवारी हो, आफ्नो बस्ती सुन्दर बनाउन हामीले बानी व्यवहार परिवर्तन गर्नु पर्छ । ”

२ फाल्गुन २०८०, बुधबार ०६:४४ मा प्रकाशित
Nabintech