१२ श्रावण २०८१, शनिबार

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आजदेखि यी प्रदेशमा वर्षाको सम्भावना

फाेर्स दैनिक

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागका अनुसार राति गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।महाशाखाका अनुसार साँझदेखि पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ। बेलुकी पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्ने बताइएको छ।भोलि बागमतीसहितका प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

१८ फाल्गुन २०८०, शुक्रबार ०६:४२ मा प्रकाशित
Nabintech