१२ श्रावण २०८१, शनिबार

गोदावरी नगरपालिकाले डुकुछापका ६ सय ६३ घर धुरीमा खानेपानीका धारा बनाउने

फाेर्स दैनिक

गोदावरी नगरपालिकाको वडा नं. ८ डुकुछापका ६ सय ६३ वटा घरमा नयाँ धारा बन्ने भएका छन । एक घर, एक धारा अभियान अन्र्तगत १ बर्ष ६ महिना भित्र काम सक्ने गोदावरी नगरपालिका र वाटर एड, कोकाकोला, एकिकृत सहरी बिकास केन्द्र बिच एमओयु पत्रमा हस्ताक्षर भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनु भयो । नगर प्रमुख महर्जनका अनुसार करिव २ करोडको लगानीमा खानेपानी ट्याङ्की सहित वडाका सबै घरमा खानेपानीका धारा निर्माण हुनेछन ।

भौगोलिक हिसाबले दुर्गम मानिने उक्त वडामा यो कार्य सम्पन्न भईसकेपछि खानेपानीको समस्या पुर्ण रुपमा समाधान हुने महर्जनको दाबी छ ।

मुहान समेत सुकेको कारण डुकुछापमा अहिले पिउने पानीको समस्या छ,कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले भन्नुभयो,‘सिंचाईको लागि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता छ, खानेपानी ट्याङ्की र धारा निर्माण भइसकेपछि डुकुछाप बासीलाई स्वच्छ पिउने पानी उपलब्ध हुनेछ’ ।

गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरबमा पनि केहि समय अघि एकघर एक धारा अभियान सम्पन्न गरि समुदायमा हस्तान्तरण भईसकेको प्रवक्क्ता मिलन सिलवालले जानकारी दिनु भयो। गोदावरी नगरपालिकाको नेतृत्व दोस्रो पटक सम्हालेका नगर प्रमुख महर्जन आफ्नो यो कार्यकाल भित्र नगर नगरपालिका भित्रका सबै वडामा खानेपानीको समस्या पुर्ण रुपमा समाधान गरिसक्ने अभियानमा लाग्नु भएको प्रवक्क्ता सिल्वालले बताउनु भयो ।

 

 

१५ चैत्र २०८०, बिहीबार १०:२१ मा प्रकाशित
Nabintech