२४ बैशाख २०८१, सोमबार

टी-२० श्रृङ्खला : आज आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

फाेर्स दैनिक

टी-२० श्रृङ्खला अन्तर्गत शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ ।यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।

१७ चैत्र २०८०, शनिबार ०७:०७ मा प्रकाशित
Nabintech