२४ बैशाख २०८१, सोमबार

बिद्यालयमा पुस्तकालय व्यबस्थापन सम्बन्धि शिक्षकलाई प्रशिक्षण

फाेर्स दैनिक

ललितपुरको बडिखेलमा बिद्यालय स्तरिय पुस्तकालय व्यबस्थापन सम्बन्धि तालिम सम्पन्न आयोजना गरिएको छ । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्धारा गोदावरी सामुदायिक पुस्तकालयमा सम्पन्न उक्त कार्यक्रम २ दिन सम्म सञ्चालन गरिएको थियो ।

गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममातालिममा गोदावरी नगरपालिका भित्रका २१ विद्यालयका २३ जना शिक्षक शिक्षिका सहभागिता रहेको थियो। शैक्षिक उन्नयन र पुस्तकालय व्यवस्थापनका बिषयमा रिड नेपालका एल. बि. भण्डारीले प्रशिक्षण दिएका थिए।

तालिमको समापन समारोहमा सहभागिलाई प्रमाण पत्र बितरण गर्दै प्रतिनिधि सभा सदस्य उदय शम्शेर राणाले बिश्वका नयाँ सिर्जना र बिकासहरु अध्ययन अनुसन्धानबाट नै सम्भव भएको बताए । सांसद राणाले यो तालिमले बिद्यालयमा पुस्तकालयको व्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिएर प्रशंसनिय कार्य गरेको भन्दै समुदायमा पुस्तकालय भयो भने सबै उमेर समुहका मानिसले त्यसबाट धेरै लाभ लिन सक्ने बताए ।

पुस्तकालयका अध्यक्ष बशिष्ट कुमार अधिकारीले पुस्तकालय समाजको एउटा अंग जस्तै बनिसकेको बताए । हामीले समाजका लागि योगदान गर्ने हो, अध्यक्ष अधिकारी भने,”हाम्रो पुस्ताले आज केही गर्यो भने आउने पुस्ताले केही नयाँ रुपान्तरण गर्दै नयाँ ढंगल काम गर्ला भन्ने कोणबाट हामीले सोच्ने हो , त्यसैले हामीले “पुस्तकालयको नारा नै पुस्तौ पुस्ताका लागि पुस्तकालय राखेका छौ “।

तालिमबाट पुस्तकालय व्यबस्थापन सम्बन्धि धेरै नयाँ कुरा सिकेको सहभागि शिक्षकहरुले बताए । कतिपय बिद्यालयहरुमा फर्निचर समस्या भएको र बोरामा किताब राख्नु पर्ने अवस्था रहेको बताउदै सहभागि शिक्षकहरुले  भने, “भौतिक पुर्वाधारलाई कतैबाट सहयोग भएमा बिद्यालयहरुमा राम्रो पुस्तकालय सञ्चालन गर्न सकिने रहेछ “।

२४ चैत्र २०८०, शनिबार ०८:०५ मा प्रकाशित
Nabintech