२४ बैशाख २०८१, सोमबार

राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुँदै

फाेर्स दैनिक

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटनको लागि राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो राष्ट्रपति बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

भवन स्थानान्तरण र उद्घाटन समारोहलाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिकाले वैशाख २ र ३ गते सार्वजनिक बिदा दिएको छ । जिन्सी, विद्युतीय सामाग्री , विभिन्न स्रेस्ता कागजातहरू , फर्निचर सहित विद्युतीय उपकरण नयाँ भवनमा सेटिङ गर्नुपर्ने हुँदा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो गरिएको छ । वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको गाउँपालिकाले जनाएको छ । भाडा घरमा बस्नु पर्दा साँघुरो र अप्ठ्यारो भएकोले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौँ पटकको गृह जिल्ला भ्रमणको लागि आउनु लाग्नु भएको छ । यसअघि चैत्र २३ भिमाद नगरपालिका–६ भिमाद बजार स्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटनको लागि पौडेल तनहुँ आउनु भएको थियो । यस्तै चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेवल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनु भएको थियो ।

३ बैशाख २०८१, सोमबार ०७:१७ मा प्रकाशित
Nabintech