५ जेष्ठ २०८१, शनिबार

ललितपुरका महिलाको आर्थिक सशक्तिकरणमा ३५ लाख भन्दा बढी अनुदान सहयोग

फाेर्स दैनिक

महिला शक्ति बिकास केन्द्रले ललितपुर जिल्लामा महिलाको आर्थिक सशक्तिकरणमा ३५ भन्दा बढी लाख भन्दा बढी अनुदान सहयोग गरेको जानकारी दिएको छ । ललितपुर जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै उक्त संस्थाले यस्तो जानकारी दिएको हो ।

हाल ललितपुरको महाँकाल गाउँपालिका र गोदावरी नगरपालिकाको वडा नं ५ र ६ मा यस संस्थाले कार्य गरिरहेको छ । महाँकालमा महिलाको आर्थिक सशक्तिकरणको लागि महिला समुह मार्फत २७ लाख १७ हजार १ सय ११ रुपैया अनुदान दिएको छ । गोदावरी नगरपालिकाको वडा नं. ५ र ६ मा बिभिन्न समुह मार्फत ८ लाख ४९ हजार ९ सय ९१ रुपैया अनुदान दिइएको संस्थाले जनाएको छ । आगामी आर्थिक बर्षमा यी दुई पालिकामा १० लाख भन्दा बढी अनुदान दिइने बताइएको छ ।


नेपालको १२ वटा जिल्लाका १५ वटा नगरपालिका र १८ वटा गाउँपालिकामा महिला सशक्तिकरणको क्षेत्रमा यो संस्थाले कार्य गर्दै आइरहेको छ । देश भरि ९८ वटा वडामा ८ सय ५२ महिला समुह गठन गरि २० हजार महिलाको बहुआयामिक सशक्तिकरणको काम महिला समुह मार्फत गरेको संस्थाले जानकारी दिएको छ । हाल यस संस्थाले पाँचथर, ताप्लेजुङ, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, तनहू, लमजुङ, रुपन्देही, कपिलवस्तु, डोटी र डडेल्धुरामा काम गर्दै आएको छ ।

संस्थाले महिलाको सामाजिक –राजनीतिक सशक्तिकरण कार्यक्रम अन्र्तगत हालसम्म ४७ हजार ३ सय ९३ ग्रामिण महिलालाई सामाजिक सशक्तिकरणको तालिम दिइएको र जस मध्ये ३ जना पालिका उप–प्रमुख, १ सय ६४ वडा सदस्य भइसकेका दाबी गरेको छ । आर्थिक सशक्तिकरण कार्यक्रम अन्र्तगत २ सय ३९व्यवसायहरु औपचारिक रुपमा दर्ता भई सञ्चालित रहेको संस्थाले जानकारी दिएको छ ।

 

 

१८ बैशाख २०८१, मंगलवार ०७:२० मा प्रकाशित
Nabintech