५ जेष्ठ २०८१, शनिबार

गोदावरीमा डढेलो : पीडित परिवारलाई नगरपालिकाले ५ लाख दिने 

फाेर्स दैनिक

गोदावरी नगरपालिकाको विभिन्न भागका सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणको लागि जाने क्रममा निधन भएको परिवारलाई गोदावरी नगरपालिकाले प्रति परिवार नगद ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नियन्त्रणबाहिर गएको डढेलो निभाउन जाने क्रममा गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका शंकर पहरी र रमेश पहरीको मृत्यु भएको थियो । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार बिहीबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले मृतकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । यस्तो विपत्तिमा सचेत रहेर बस्न नगरवासीलाई गोदावरी नगरपालिकाले आग्रह गरेको छ । केहीदिन देखि गोदावरी नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर हुँदा स्थानीय बासिन्दा त्रसित छन् ।

 

१९ बैशाख २०८१, बुधबार १२:४८ मा प्रकाशित
Nabintech