१० माघ २०८१, बिहीबार

वालिङ नगरपालिकाको पोस्टमा आर्मीको दर्जन गोल

फाेर्स दैनिक

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । आर्मीको यो जारी लिगमा सर्वाधिक फराकिलो जित हो । यसअघि वालिङलाई एपिएफ क्लबले ९–० गोलले हराएको थियो ।

आर्मीलाई जिताउन विमला चौधरीले चार गोल गर्नुभयो । यस्तै चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले दुई दुई तथा विमला विकले एक गोल गर्नुभयो । जितसँगै आर्मीले तीन खेलबाट सात अङ्क बनाएको छ । समान खेलबाट वालिङ अङ्क बिहीन छ ।

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।

२४ पुष २०८१, बुधबार २०:३२ मा प्रकाशित
Nabintech