२८ माघ २०८१, सोमबार

उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु

फाेर्स दैनिक

उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजले बेइट हानौन सहरमा सैन्य गाडीमा सवार हुने क्रममा तीन लडाकु र एक सैनिक चालकको मृत्यु भएको जनाएको छ ।

सेनाका अनुसार घटनामा एक ब्रिगेड अधिकृत र एक सैनिक पनि गम्भीर घाइते भएका छन् ।

कानले पानी परिरहेको बेला उक्त घटना भएको जनाएको छ । आईडीएफले लडाकुहरूले एकैसाथ गोली चलाएको हो कि भनेर अनुसन्धान गरिरहेको छ । सिन्ह्वा

२८ पुष २०८१, आईतवार २०:४४ मा प्रकाशित
Nabintech