२८ माघ २०८१, सोमबार

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

फाेर्स दैनिक

बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार १.८३ अंकले बढेर २,५९५ बिन्दुमा कायम भएको छ ।शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ८२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन पोखरा फाइनान्सका लगानीकर्ताले ९.०५ प्रतिशतका दरले गुमाएका छन् भने जानकी फाइनान्सका लगानीकर्ताले ७.८३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल फाइनान्सका लगानीकर्ताले ७.२० प्रतिशतका दरले गुमाएका छन् भने आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ६.७० प्रतिशतका दरले गुमाएका छन् ।

२ माघ २०८१, बुधबार २०:०८ मा प्रकाशित
Nabintech