२८ माघ २०८१, सोमबार

तीन दिनको मौसम पूर्वानुमान : बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाेर्स दैनिक

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम गरी पाँच प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी सबै प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ ।

२ माघ २०८१, बुधबार २०:१५ मा प्रकाशित
Nabintech