२८ माघ २०८१, सोमबार

सिटिजन्स बैंकले सस्तो ब्याजदरमा घर कर्जा दिने, ऋण लिदा पाइन्छन् यस्ता सुविधा

फाेर्स दैनिक

सिटिजन्स बैंक इन्टरनेसनले सस्तो ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना ल्याएको हो ।

‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ घर कर्जा योजना ल्याएको हो । यस योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ भने ७ वर्षपछि बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम दर थपी ब्याजदर कायम गरिनेछ ।

यस आकर्षक योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्नेछन् । अधिकतम २ करोडसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरुलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ । बैंकका अनुसार पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

बैंकले प्लट भूमि वा तयार भवन खरिद गर्न, निर्माण, मर्मत, नवीकरण, थप्न, र घर/फ्ल्याटमा परिवर्तन गर्नको लागि वित्तीय सहायता प्रदान गर्नका ग्राहकलाई घर कर्जा प्रवाह गर्ने भएको छ । बैंकले घर कर्जामा ५० लाखसम्म ऋण प्रदान गर्दछ भने यस कर्जा भुक्तानी अवधि अधिकतम २५ वर्ष रहेको छ ।

स्वरोजगार नेपाली नागरिक जसको नियमित आम्दानी स्रोत भएको ग्राहकले यो कर्जा उपभोग गर्न सक्नेछन् । यस कर्जा प्रवाह गर्नका लागि जमीन र भवन धितो राख्नुपर्नेछ । व्यवसाय कम्तीमा दुई वर्षसम्म सञ्चालनमा भएका व्यवसायीले यो कर्जा उपभोग गर्न सक्नेछन् ।

ऋणको अन्तिम म्याच्योरिटीको समयमा ऋणकर्ताको न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ७५ वर्ष हुनुपर्छ । ऋणकर्ताको सम्पत्ति वा ऋणकर्ताको अविभाज्य परिवारको सम्पत्ति बाहेक तेस्रो पक्षको बन्धक स्वीकार्य हुँदैन ।

३ माघ २०८१, बिहीबार १२:१५ मा प्रकाशित
Nabintech