२८ माघ २०८१, सोमबार

दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि बोर्डले दियो अनुमति

फाेर्स दैनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले बिहीवार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सलाई सर्वसाधारणमा आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले बाटो खुला गरेको हो ।

हाल ५२ करोड ५० लाख चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै ओम मेगाश्री फर्मास्यूटिकल्सलाई पनि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डले बाटो खुला गरेको हो ।

कम्पनीको जारी पूँजीको ३० प्रतिशत आईपीओ कम्पनीले निष्कासन गर्न लागेको हो । यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

३ माघ २०८१, बिहीबार २०:४१ मा प्रकाशित
Nabintech