Spread the love

आर्थिक वर्ष समाप्त हुने समय नजिकिएसँगै अहिले विभिन्न निकायबाट खर्च नभएका बजेट धमाधम फिर्ता हुन थालेका छन् । 

अर्थ मन्त्रालयका अनुसार गत चैत महिनामा मात्र विभिन्न १० निकायबाट करिब ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७ सय ९१ रुपैयाँ बजेट फिर्ता भएको छ । 

जसमध्ये सबैभन्दा धेरै फास्ट ट्र्याकको रकम फिर्ता आएको हो । अर्थ मन्त्रालयका अनुसार रक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि फास्ट ट्र्याकमा विनियोजित रकमबाट २ अर्ब ८३ करोड ६६ लाख ५२ हजार रुपैयाँ फिर्ता भएको हो । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 
 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *